यौन सम्पर्क गर्दा कोरोना भाइरस सर्छ ?

Corona sex

कोरोना भाइरस मानिसको कपालभन्दा करिब ९ सय गुणा पाललो र शुक्ष्म हुने भएकोले यो मानव शरीरमा छिट्टै प्रवेश गर्ने गर्छ । यसले विश्वभर महामारीको रुपल लिइसकेको छ ।

स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसका कसरी सर्छ भन्ने बारेमा जानकारी दिएका छन् । यहाँ कोरोना भाइसर कसरी सर्छ भन्ने विषयमा हामी केही प्रश्न र जवाफ राख्नेछौँ ।

स्वास्थ्य अधिकारीहरुले कुनै पनि रोगी व्यक्तिको नजिक आउनाले कोरोनाको संक्रमण नहुने बताउँछन् । पीडित व्यक्तिको कत्तिको नजिक गइन्छ, कुनै पनि व्यक्तिको हाच्छ्युँ गर्दा तयसको छिटा तपाईंको शरीरमा परेको छ वा छैन, अनुहारमा कत्तिको हात लगाउने गरेको छ र तपाईंको उमेर कति छ भन्ने कुराले कोरोना संक्रमण भएको छ वा छैन भन्नेबारेमा यकिन गर्न सकिन्छ । यदि कुनै पनि व्यक्तिको प्रतिरक्षा प्रणाली कमजोर भएमा उनीहरुमा कोरोना भाइरसले तुरुन्त आक्रमण गर्नसक्छ ।

विश्व स्वास्थ्य संगठनका प्रवक्ता क्रिश्चियन लिंडमियेरले पीडित व्यक्तिभन्दा कम्तिमा पनि ३ फिटको दुरी राख्नुपर्छ भनेका छन् । जबकी ‘द सेन्टर फर डिजिज कन्टेल एण्ड प्रोभिन्सन’को तर्फबाट जारी गरेको निर्देशनमा पीडित व्यक्तिसँग ६ फिटको दुरी हुनुपर्छ ।

स्वास्थ्य अधिकारीहरु अहिलेसम्म कतिपटकसम्म सम्पर्कमा आएपछि संक्रमण फैलन्छ भन्ने विषयमा पक्का भइसकेका छन् । यद्यपि उनीहरुले पीडितको नजिक सकेसम्म नजाँदा आग्रह गरे ।

बस, ट्रेन र सार्वजनिक स्थलमा कुनैपनि वस्तुलाई छुँदा भाइरसको संक्रमित हुने खतरा बढ्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् । बौद्ध मन्दिरमा आउने श्रद्धालुहरु यसकारण नै संक्रमित पाइएको हङकङको सेन्टर फर हेल्थको दाबी छ ।

विश्व स्वास्थ्य संगठनका अधिकारीहरुका अनुसार यसको लागि विशेष प्रकारको साबुन र स्यानिटाइजर बनेको छैन । सामान्य स्यानिटाइजर र साबुनको प्रयोगले नै यसको रोकथाममा सहयोग गर्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना यौन सम्बन्धबाट फैलनले भाइरस होइन । जसकारण यौनसम्बन्ध गर्दा संक्रमित हुँदैन । यद्यपि चुम्बन गर्दा भने कोरोना भाइरसको संक्रमण फैलने निश्चित छ ।

यदि पीडित व्यक्तिले खाना छोएको अवस्थामा र सानो स्थानमा धेरै मानिसहरु जम्मा भएर खाना खाँदा भाइरसको खतरा बढ्ने सम्भावना हुन्छ । खाना राम्रोसँग पकाएर खाँदा खानाबाट सर्नसक्ने सम्भावना हुँदैन ।

जनावरबाट कोरोना भाइरस फैलिन्छ वा फैलदैँन भन्नेबारेमा विश्व स्वास्थ्य संगठनले अनुसन्धान गरिरहेको छ । अहिलेसम्म यसबारेमा आधिकारिक निष्कर्ष आइसकेको छैन । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...