कोरोना संक्रमणसँग मिल्दोजुल्दो संक्रमण भएका इसराइलको मृत्यु
नेपालगञ्ज । कोरोना संक्रमणसँग ठ्याक्कै मिल्दोजुल्दो संक्रमण भएका एक व्यक्तिको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
आइसियूमा उपचाररत र्दियाको गुलरिया नगरपालिकाका ४२ वर्षीय इसराइल बेहनाको शनिबार मृत्यु भएको हो । उनको मृत्युको कारण नेपालगन्ज यतिबेला सतर्क भएको छ ।
शनिबार बिहान करिब ६ बजेतिर मृत्यु भएलगत्तै जनस्वास्थ्य कार्यालय र प्रमुख जिल्ला अधिकारीसहित चार वटै सुरक्षा निकायका प्रमुख सहितको टोलीले चिकित्सकसँग छलफल गरेका छन् ।
ज्वरो, रुघाखोकीसँगै श्वास्प्रश्वासमा समस्या देखिएका बेहनालाई उनका परिवारले चैत्र ३ गते मध्यरातमा उपचारका लागि शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरेका थिए ।
बेहनाको स्वाव परीक्षण भइसकेको थिएन । शिक्षण अस्पताल नेपालगन्जका उपनिर्देशक डा. रोमन किदवाईले मृतकको स्वाव परीक्षण गर्न थालेको जानकारी दिए ।
मृतक बेहनाको स्वाब परीक्षणका लागि बुटवल पठाइएको छ । अस्पतालमा आरडिटी किट नभएका कारण समयमा कोरोना भाइरस जाँच गर्न सम्भव भएको थिएन ।
प्रतिकृया दिनुहोस