कबिता : निःशुल्कको नाटक

Yagya karki

कस्तो स्वतन्त्रता रोज्यौ तिमीले लोकतन्त्र भनि
झुक्याउन सफल भए बिदेशीहरुले पनि ।

हिजोसम्म नबिकेका खोलानाला लिई दिए दनादन 
सकियो खोलानाला थाले बालुवाटार र अन्य सबै खान ।

डलर खादै भन्न थाले आमिन आमिन हजुर
जब आयो ७२ को दैबी हुरी लुके ती सबै फजुर ।

देखाउन थाले कंगालीको नाटक पनि हेर
तिनका बुद्धि त्यतिखेरै सबै गयो खेर ।

भन्न थाले दुनियालाई हेर अब सहयोग गर्छौ हामी
तिनै दुखी गरीबका रकम खान थाले दिन गनी गनी ।

कहाँ गयो भुकम्पका ब्याज खै त भन्दा ।
उधोँ मुन्टो लगाएर निहुरिन्छन ती ता ।

अहिले आयौ विश्वभर नै कोराना भन्दै फेरि ।
डराएर घरभित्र तिनै अब लुक्न थाले हेरी ।

थियोे जसको विश्वास र संकल्प बाँच्दछन् तिनै फेरि फेरि ।
लौ हेर, गोरखधन्दाले तिनलाई पोल्दछ क्षण क्षण मै हेरी ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...