प्रदेश १ मा ६४१ को कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ
धनकुटा । विभिन्न प्रदेशहरुका कोरोना भाइरसको संक्रमण देखिए पनि प्रदेश नं. १ मा भने अहिलेसम्म देखिएको छैन । यस अर्थमा प्रदेश नं. १ कोरोनाको कम जोखिममा छ ।
कोरोना भाइरस संक्रमणको शंका गरिएका ६ सय ४१ जनाको परीक्षण गर्दा संक्रमण नभएको पाइएको छ ।
प्रदेशभरका विभिन्न जिल्लाबाट संकलित नमुना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित कोसी अस्पतालमा परीक्षण हुने गरेको छ ।
प्रदेशका विभिन्न २ सय ५२ स्थानमा ४ हजार ४ सय २१ शय्याको क्वारेन्टाइन केन्द्र छन् । तिनमा ५ सय ३८ जना बसिरहेका छन् ।
मंगलबारसम्म परीक्षण गरिएका प्रदेश १ का विभिन्न स्थानका शंकास्पद बिरामीको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
प्रदेशभरका ६ सय ५३ जनाको नमुना संकलन गरी परीक्षणका लागि पठाइएकामा ६ सय ४१ को रिपोर्ट नेगेटिभ आएको र अरु १२ जनाको रिपोर्ट आउन बाँकी रहेको उक्त कार्यालयले जनाएको छ । प्रदेशभरका विभिन्न जिल्लाबाट संकलित नमुना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित कोसी अस्पतालमा परीक्षण हुने गरेको छ ।
प्रदेशका विभिन्न २ सय ५२ स्थानमा ४ हजार ४ सय २१ शय्याको क्वारेन्टाइन केन्द्र छन् । तिनमा ५ सय ३८ जना बसिरहेका छन् ।प्रदेशका ४९ वटा अस्पतालमा ४ सय ४६ वटा आइसोलेशन शय्या छन् । आइसोलेसनमा बस्नेको संख्या भने १० रहेको उक्त कार्यालयले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेको संख्या ३ हजार ६ सय ८० छ ।
प्रतिकृया दिनुहोस