कोरियाबाट आएका धादिङ ज्वालामुखीका युवाको आरडीटी परीक्षण पोजिटिभ 

Corona test

धादिङ । धादिङमा पनि एक जना युवामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । ज्वालामुखी गाउॅँपालिका–३, अमराई निवासी २७ वर्षीय युवकको र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो ।

ती युवक गत फागुन २० गते (मार्च ४) मा दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए । विदेशबाट फर्किएका सबैलाई द्रुत परीक्षण गर्ने योजनाअनुसार परीक्षण गर्दा पोजिटिभ देखिएको हो । उनलाई सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

फागुन २० मै नेपाल आएका उनलाई चैत २/३ गते नै ज्वरो आएको थियो । उनलाई परिवारलगायत छरछिमेकले क्वारेन्टिनमा जान आग्रह गरेका थिए । तर उनले आफू हेटौंडामै २ हप्ता बसेर आएको भनेर पन्छिएका थिए ।

ती युवक हाल परिवारका अन्य तीन सदस्यसँग घरमा बसोबास गर्दै आएका थिए । सदरमुकाममा पसल गरी बस्ने बाबुआमाहरु पनि लकडाउन पछि घरै गएका छन् ।

प्रदेशबाट द्रुत परिक्षणका लागि प्राप्त ३ सय किटहरु मध्ये जिल्लामा रुवीभ्याली, खनियावास, थाक्रें र सिद्धलेकबाहेक अन्य सबै स्थानीय तहमा परिक्षण आरम्भ गरिएको छ ।

मंगलबारबाटै ज्वालामुखी र बेनीघाटमा परिक्षण आरम्भ गरिएको छ भने नीलकण्ठ नगरपालिकामा ५०, गल्छीमा ३६, नेत्रावतीमा ३६, त्रिपुरासुन्दरीमा २०, धुनीबेंसी नगरपालिकामा १४, गजुरीमा ७ र गंगाजमुनामा ३ जना समेत जम्मा १ सय ६६ जनाको स्वाब परिक्षण नेगेटिभ देखिएको थियो।

क्वारेन्टिनमा राखिएका गल्छीमा १ जना र गजुरीमा २३ जनालाई बुधबार नै बिदाई गरेपछि जिल्लाका सबै क्वारेन्टिनहरु शून्यमा झर्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...