गोदावरी जङ्गलमा लगेर १३ बर्षीय भतिजिलाई बलात्कार गर्ने काका पक्राउ

काठमाडौँ ।  स्कुलको संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नाताले सानुबुबा पर्ने गोदावरीका ३२ वर्षीय किशोर खत्री केसी रहेका छन् ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर खत्री केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटाका प्रमुख डीएसपी गौतम मिश्रले पुष्टि गरे । बालिका (नाम परिवर्तन) आरलाई गोदावरी नगरपालिका–३ मा रहेको चन्तल मौदी एकेडेमी स्कुलबाट समय–समयमा किशोर खत्रीले घुमाउन भन्दै लैजाँदै जबरजस्ती करणी गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी मिश्रको भनाई छ ।

जेठ २५ गते शनिबारको दिन पनि स्कुलबाट आरलाई लिई किशोरले आफूले काम गर्ने गरेको यू हिमालयन रेष्टुरेन्ट एण्ड गेष्ट हाउसमा लगेर मिठाई लगायतका चिजवस्तु खान दिएर अश्लिल गतिविधि गरेका थिए ।

किशोरले बालिका (आर)लाई सधैँ बोलाएर कता लिएर जान्छन् भन्ने चासो बढेपछि स्कुलका प्राधानाध्यापक सन्दीप नेपालीले किशोर खत्रीलाई पछ्याउँदै जाँदा गोदावरीस्थित होटलमा लगेको भेटेका हुन् । होटलमा लगेको थाहा पाएपछि प्रअ नेपालीले बालिकालाई किशोरले तिमीलाई के–के गर्छ भनेर फकाएर सोधेपछि घटना बाहिर आएको हो । किशोरले बालिकालाई डरत्रास देखाई जबरजस्ती करणी गर्दै आएको पाइएको छ । सोही 

आरोपमा सोही दिन स्कुलका प्राधनाध्यापक नेपालीले तत्काल उजुरी हाली लुकिछिपी बस्दै आएका किशोर खत्रीलाई गोदावरी नगरपालिका–३ किटीनी भन्ने स्थानबाट प्रहरीले पक्राउ गरेको हो । २०७५ सालको दशैंमा मामाघर जाँदा र २०७५ सालको चैतमा किशोरले बालिकालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको पाइएको छ ।

प्रहरीसमक्ष किशोरले आफूले उल्लेखित कार्य गर्दै आइरहेको स्वीकारेको डीएसपी मिश्रले बताए । पक्राउ परेका किशोरमाथि जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याथ थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...