विरामीको मृत्यु भएपछि तनावग्रस्त बन्यो विर्तामोडको कनकाई अस्पताल परिसर

झापा । उपचारका क्रममा एक युवतीको मृत्यु भएपछि झापाको विर्तामोडस्थित कनकाई अस्पताल परिसर तनावग्रस्त बनेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि इलामको सूर्योदय नगरपालिका ९ फिक्कल निवासी २१ वर्षीया देवीका तामाङलाई गत बुधवार एपेन्डिसको शल्यक्रियाका लागि कनकाई अस्पतालमा भर्ना गरिएको थियो ।

बुधबार नै एपेन्डिसको शल्यक्रिया गरिएको र आइतबार बिहानसम्म उपचारमा संलग्न चिकित्सकहरूको टोलीले उनको अवस्थामा सामान्य छ भनेको आफन्तको भनाई छ । तर, फेरि केही समय बित्न नपाउँदै चिकित्सकले बिहान ८ बजे बिरामीको अवस्था खराब हुँदै गइरहेकोले थप उपचारका लागि कनकाई हस्पिटलकै एम्बुलेन्समा राखी विराटनगरको नोवेल अस्पताल लैजाँदा नोबेलका चिकित्सकले बिरामीको बाटोमै मृत्यु भएको थियो । 

अस्पतालको लापरबाहीले युवतीको मृत्यु भएको भन्दै पीडित पक्षका आफन्तजनहरू युवतीको शव राखेर अस्पताल प्रशासनविरुद्ध नाराबाजी उत्रिँदै अस्पताल तोडफोडमा उत्रिएका थिए । आक्रोशित समूहले अस्पतालको झ्याल ढोकामा तोडफोडसमेत गरे । 

मृतकका आफन्तहरूले अस्पताल तोडफोडमा उत्रिएपछि भीड नियन्त्रण प्रहरीले ३ राउन्ड आश्रु ग्यास प्रहार गर्दै लाठी चार्ज गरेको छ । प्रहरीको लाठी चार्जबाट पीडित पक्षका केही व्यक्ति घाइतेसमेत भएका छन् ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाका अनुसार अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

अस्पतालको लापरबाहीले युवती मृत्यु भएको पीडित पक्षले आरोप लगाएपछि अहिले कनकाई अस्पतालमा पीडितपक्षसँग वार्ता भइरहेको छ । वार्तामा पीडित पक्षबाट मृतकका बुबा तामाङ, अस्पतालका अध्यक्ष महेन्द्र राई, बिर्तामोड ५ नम्बर वडा अध्यक्ष राजेन्द्र लिङदेन, सूर्योदय १० नम्बर वडा अध्यक्ष भाइचुङ भुटिया लगायत रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...