‘सोई राजा सोई सोई’ भन्दै फेरि आइन् सत्यकला राई

काठमाडौं । सत्यकला राई नेपालमा राम्रो गायीका हो भन्ने छाप छ । कुनै बेला तिमीलाई हङ्कङ पुर्‍यायो आईडी कार्डैले, ढडिया थापिदेऊ साइँला, तिमी मसँग नबोल्ने अरे, हिमालपारी भोट, भेटौंला मायालु ईन्टरनेटैमा, भन्छन बुढापाकाले, लगायतका गीत बजारमा आउँदा सत्यकला राईलाई निक्कै व्यस्त र चर्चित गायीकाको सुचीमा राखिन्थ्यो । 

उनै गायीका राई पछिल्लो समय गायन क्षेत्रमा नै छैनन् की भन्ने पनि भइसकेको थियो । तर फेरि एकपटक गायन क्षेत्रमा धमका मच्चाउने गरी राईको स्वरमा रहेको ‘सोई राजा सोई सोई’ बोलको गीत आएको छ । जसमा मनोज साङसोङको उत्तिकै कर्णप्रिय स्वर पनि सुन्न सकिन्छ । 

भरत कुलुङको शब्द तथा लय संकलन रहेको ‘सोई राजा सोई सोई’ बोलको नयाँ पूर्वेली गीतलाई मनोज साङ्सोनकै संगीत संयोजन छ । 

काठमाडौंको स्टुडियो किङ्गमा रेकर्ड गरिएको सो गीतको म्युजिक भिडियो सोही स्टुडियोको यूट्यूब च्यानलबाट सार्वजानिक भएको छ । सो गीतको भिडियो जस्केलो क्रियसनले तयार गरेको हो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...