प्रेमीकाको अन्तै विहे हुने भएपछि युवकको आमरण अनशन,मेरो आठ वर्ष फिर्ता गर

काठमाडौं । प्रेमीकाको विवाह अन्तै हुने भएपछि एक युवकले आमरण अनशन सुरु गरेका छन् । आठ वर्षसम्म प्रेममा रहेका उनीहरबीच एकाएक बोलचाल बन्द भएको थियो । ती युवकले प्रमीकासँग भेट्न धेरै उपाए लगाए तर भेट हुन सकेन् ।

अन्ततः कुनै उपाए नलागेपछि ती युवकले प्रेमीकाको घरमै गएर धर्ना दिएका छन् । तर, एक युवा विवाहको लागि पनि धर्नामा बसेका छन् । डीएनए इन्डिया डटकमका अनुसार पश्चिम बंगालका अनन्ता बर्मन नाम गरेका युवकले धर्ना दिएका प्रेमिकालाई विवाहको लागि राजी गराएका छन् ।

उनी लिपिका नाम गरेकी केटीसँग आठ वर्षदेखि प्रेमसम्बन्धमा थिए । तर, अचानक दुईजनाको बीचमा कुराकानी बन्द भएको थियो । अनन्ताले लिपिकालाई सम्पर्क गर्ने सबै उपाय काम नलागेपछि उनले खोजी शुरु गरेका थिए । यस क्रममा उनले लिपिकाको विवाह अन्तै हुन गइरहेको थाहा पाएका थिए ।

यस्तो कुरा थाहा पाएका अनन्ता लिपिकाको घर पुगेर घरअगाडि भोक हडताल शुरु गरेका थिए । उनले आफ्नो हातमा प्ले कार्ड पनि राखेका थिए, जसमा ‘मेरो आठ वर्ष फिर्ता गर’ लेखिएको थियो ।

अनन्ताको यस्तो गतिविधि देखेर लिपिका र अनन्ताको प्रेमको कुरा सबैतिर फैलिएको थियो । यसै क्रममा प्रहरी पनि धर्नास्थलमा पुगेको थियो । यसै क्रममा लिपिकाको विवाह हुन गइरहेको केटाको परिवार पनि सोही स्थानमा पुगेका थिए । यस विषयम निकै विवाद भएको थियो । तर, अनन्ताले आफ्नो हडताल जारी राख्न अडिग देखिए ।

बिस्तारै अनन्ताको स्वास्थ्य अवस्था पनि बिग्रिन थाल्यो । पछि उनलाई अस्पतालमा भर्ती गराइएको थियो । यो समाचार लिपिकाले सुनेपछि उनी अनन्तासँग विवाह गर्न राजी भएकी थिइन् ।

तर, उनका परिवारले भने अझै मानेका थिएनन् । स्थानीय मानिसहरुले उनका परिवारलाई पनि सम्झाएका थिए । अनन्ता र लिपिका दुवैको बीचमा अन्तिममा एक स्थानीय मन्दिरमा सबै रीतिरिवाजको साथमा विवाह गराइएको थियो ।

समग्र सामाजिक सञ्जालमा यो विवाहको चर्चा चुलिएको छ । अनन्ताको धर्नालाई लिएर मानिसले उनलाई बंगालको ‘केजरीवाल’को संज्ञा दिएका छन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...