जाजरकोटमा घाँस काट्न गएकी युवतीको भीरबाट लडेर मृत्यु

जाजरकोट । घाँस काट्न गएकी युवतीको भिरबाट लडेर मृत्यु भएको छ । जाजरकोटको बारेकोट गाउँपालिका –८, लैखमकी ३८ वर्षीया गीता कुमारी खत्री भीरबाट लडेर मृत्यु भएको हो । छाती र टाउकोमा चोट लागेर गम्भीर भएकी उनको उपचारका क्रममा जाजरकोट अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

घाँस काट्न गएको बेला रापानीको भीरबाट दुई सय मिटर तल खसेर गम्भीर घाइते भएकी उनलाई तत्काल जाजरकोट अस्पताल पुर्‍याइए पनि बाँच्न भने सफल भइनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...