नेपालका शान आयुष र प्रितम ‘सारेगमप लिटल च्याम्प’ को फाइनलमा

काठमाडौँ। भारतीय टेलिभिजन रियाली शो ‘सारेगमप लिटल च्याम्प’ को फाइनलमा पुगेका छन् नेपालका दुई प्रतिस्पर्धी प्रितम आचार्य र आयुष केसी । शो का निर्णायक र दर्शकको मतका आधारमा प्रितम र आयुषसहित ६ जना आउँदो फाइनलमा पुगेका हुन् ।

बालबालिकाबिचको भारतीय गायन रियालिटी शो सारेगमप लिटल च्याम्प जी टिभीमा हरेक शनिबार र आइतबार बेलुका प्रशारण हुँदै आएको छ । आइतबार राति भएको सेमिफाइनलमा ९ प्रतिस्पर्धीमध्ये तीनजना एलिमिनेशनमा परे ।

नेपालका आयुष र प्रितमले अन्तिम ६ अर्थात फाइनमा स्थान बनाएका हुन् । उनीहरुसँगै आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दतेले फाइनलमा स्थान पक्का गरेका हुन् ।

यो प्रतिस्पर्धामा १६ वर्ष भन्दा कम उमेरका बालबालिकाको सहभागिता रहन्छ । यो वर्ष नेपालका ८ प्रतिस्पर्धी सहभागी थिए । १२ वर्षका आयुष र ११ वर्षका प्रितम कलिङ्ग राउण्डबाट मेगा अडिसनमा प्रस्तुति दिएर टप ३० मा परेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...