गीतकार बीबी थापाले एकैसाथ गरे २७ वटा एल्बम सार्वजनिक

काठमाडौँ । गीतकार बीबी थापाले २७ वटा एल्बम एकसाथ सार्वजनिक गरेका छन्। शनिबार होटल अन्नपूर्णमा पूर्वउपराष्ट्रपति परमानन्द झाको उपस्थितीमा २७ ओटा एल्बमको एक सय ४५ ओटा गीत एकैसाथ सार्वजनिक गरिएको हो।

यो एल्बममा प्रेमध्वज प्रधान, मदनकृष्ण आचार्यदेखि प्रकाश श्रेष्ठ, रामकृष्ण ढकाल, मेनुका पौडेल, अन्जु पन्त, मेलिना राई, रुपक डोटेल लगायत कलाकारको स्वर छ। ‘म तिम्रो शहर छोडि टाढा’ भन्ने गीत गायिका अन्जु पन्तले गाएकी छन्। एकसय ४५ मध्ये पाँच ओटा गीतको भिडियो पनि छ।


यो कार्यक्रम जस्ताको तस्तै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पठाउनु पर्नेछ। त्यहाँको टोलीले जाँच गरेर नयाँ कीर्तिमान बनाउने या नबनाउने निर्णय गर्छन्। यस्तै कार्यक्रममा दुई पुस्तक पनि बिमोचन भएको छ। बीबी आफैले लेखेको गजल अनि गीत संग्रह सार्वजनिक गरिएको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...