भर्जिनियामा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाए, ११ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित स्थित एक सरकारी भवनमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । भर्जिनिया बिच म्युनिसिपल सेन्टरको भवनमा अन्धाधुन्ध गोली प्रहार भएको छ । सोही कार्यालयमा लामो समयदेखि कार्यरत एक कर्मचारीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । तर आक्रमणकारीको पहिचान खुलाइएको छैन ।

प्रहरीले गरेको जवाफी कारबाहीका क्रममा उनको पनि मृत्यु भएको छ । आक्रमणकारीले प्रहार गरेको गोली लागेर एक सुरक्षाकर्मीसमेत गम्भीर घाइते भएका छन् ।स्थानीय प्रहरी प्रमुख जेम्स सेर्वेराले अन्धाधुन्ध गोली चलाएको थाहा पाएर पुगेको प्रहरीमाथि पनि ती व्यक्तिले गोली चलाएको र जवाफी कारवाहीमा उनी मारिएको बताए । 

प्रहरीले घटनामा एक जनाको मात्रै संलग्नता रहेको जनाएको छ । आक्रमणकारीको उद्देश्य के थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अमेरिकामा यो वर्ष भएको यो १५० औँ गोलीकाण्ड हो ।(एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...