आज विश्व धुमपान रहित दिवस, बिभिन्न कार्यक्रम गरेर मनाईदै

काठमाडौं । विश्व सूर्तिजन्य पदार्थरहित दिवस आज, ‘सुर्तिजन्य पदार्थ वा फोक्सोको स्वास्थ्य’ भन्ने मुल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । धुमपानका कारण हुने क्षति न्युनिकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले विश्व स्वास्थ्य संगठनको आह्वानमा प्रत्येक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार धुम्रपान सेवनका कारणले प्रत्येक वर्ष ६० लाख मानिसको ज्यान जाने गरेको छ । नेपालको तथ्याङकमा भने ४९ प्रतिशत पुरुष र २९ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशक बद्रीबहादुर खड्काले सुर्तिजन्य पदार्थको सेवनका कारण नेपालमा प्रत्येक दिन ७४ जनाको मृत्य हुने गरेको बताए ।

सुर्तीजन्य पदार्थको प्रयोगलाई मात्रै रोक्न सकेपनि ४० प्रतिशत क्यान्सरको भार घटाउन सकिने अध्ययनले देखाएको छ । सरकारले सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई जरिवाना गर्ने, सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवद्र्धधन तथा प्रायोजन गर्न नपाईने लगायतको व्यबस्था गरेको भए पनि प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...