हंगेरीमा डुंगा डुब्दा ७ जनाको मृत्यु, १९ जना बेपत्ता

हंगेरी । हंगेरीको राजधानी बुडापेस्टको डानुबी नदीमा डुंगा डुब्दा कम्तिमा सातजनाको ज्यान गएको छ । उक्त घटनामा १९ जना बेपत्ता भएको हंगेरीको सरकारी सञ्चार माध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

डुंगामा रहेका ३३ जना मध्ये अधिकांश दक्षिण कोरियाली पर्यटक रहेको उल्लेख गरिएको छ । अर्को डुंगासँग ठोक्किएर डुंगा डुबेको समाचारमा जनाइएको छ । 

लगातारको वर्षाका कारण पर्यटकको आकर्षण केन्द्रको रुपमा रहेको डानुबी नदीमा पानीको सतह बढेको थियो । दक्षिण कोरियाले आफ्ना १९ नागरिक बेपत्ता भएको पुष्टि गरेको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...