छिमेकीका दुई छोरीलाई पालैपालो बलात्कार, युवक पक्राउ

बर्दिया । बर्दियामा छिमेकीको दुई छोरीलाई पालैपालो बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिकामा १५ वर्षीय एक किशोर रहेका छन् । उनले छिमेकी आठ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

 यही जेठ ८ गते आफ्नै घरमा कोही नभएको मौका पारी पालैपालो बलात्कार गरेको आरोप बालिकाहरुले लगाएका छन् । केही दिनदेखि बालिकाको अस्वभाविक शारीरिक समस्या देखा परेपछि बलात्कार पछि परिवारले सोधपुछ गर्दा घटना बाहिरिएको हो ।

जिल्ला प्रहरी कार्यालयमा बलात्कार गरेको आरोपमा आफन्तले आज उजुरी दिएका हुन् । प्रहरीका अनुसार उजुरीका आधारमा घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए  ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...