अरुबेला भन्दा गर्मीको समयमा धेरै थकान महसुस हुन्छ, थकाई हटाउन कस्ता खानेकुरा खानुपर्छ त?
काठमाडौं । हाम्रो शरीरमा सामान्यभन्दा कम शक्ति हुनुलाई थकान भनिन्छ । भिटामिन बी को कमि ले गर्दा हामीलाई थकाई लाग्ने हुन्छ । धेरै शारीरिक परिश्रम गर्दा थकाइ लाग्छ । कहिलेकाहीँ क्षणभरका लागि मात्र थकाइ लाग्न सक्छ भने कहिले लामै समयसम्म त्यसको अनुभूति हुन्छ । थकाइ लागेका बेला भोजनमा ध्यान पुर्या उनुपर्छ ।
–प्रशस्त फलफूल तथा तरकारी समावेश गरिएको भोजनले शरीरमा शक्ति बढाउँछ । त्यसैले बढी मात्रामा फलफूल, तरकारी एवं सलाद सेवन मा जोड दिनु पर्छ ।
–अंकुरित भोजन, फर्सीको बिया, सूर्यमुखीको बियाँ, पेस्ता, काजु, अन्जिर, काजी बदाम आदिको सेवन फाइदाजनक हुन्छ।
–दूधमा मह मिसाएर पिउनुपर्छ ।
–फलफूलमा आँप, अनार, स्याउ, अंगुर, जुनार, तरकारीमा पालुंगोको साग, गोलभेंडा, कुरिलो, च्याउ, हरिया सागपात तथा आलु खानु उपयोगी हुन्छ । ।
–दूधमा मह मिसाएर पिउनुपर्छ ।
–भिटामिन बीको अभावमा थकान महसुस हुने हुँदा दैनिक भोजनमा भिटामिन बीयुक्त भोजन समावेश गर्नुपर्छ । चोकरसहितको गहुको परिकार, ब्राउन राइस, हरिया सागपात, दाल, गेडागुडी, केराउ, दूध, अण्डा, केरा, अन्जिर, पेस्ता तथा काजुमा भिटामिन बी पाइन्छ ।
–माछा–मासुको सेवन पनि लाभदायक मानिन्छ ।
–५ सय मिलिलिटर गाजरको जुस, ३ सय मिलिलिटर चुकन्दरको जुस तथा १ सय मिलिलिटर काँक्राको जुस मिसाएर पिए शक्ति प्राप्त हुन्छ ।
–१ गिलास अनारको जुस पिउनु शक्तिबद्र्धक मानिन्छ ।
–दिनहुँ २ लिटर पानी पिए शरीरका कोषहरू ताजा तथा स्फुर्त हुनुका साथै बढी ऊर्जा प्राप्त हुन्छ
–थकाइको उपचारमा पोटासियमको विशेष महत्व हुन्छ । यसका लागि हरिया सागपात तथा दिनमा दुईवटा केरा खानुपर्छ । त्यस्तै क्याल्सियम, सोडियम, जिंक आदिले पनि थकान निवारण गर्न विशेष भूमिका निर्वाह गर्छ ।
प्रतिकृया दिनुहोस