‘छुइयामा हा हा पकन्दी खेल्दै’ मा आए सुनिता र मनोज (हेर्नुस् भिडियो)
काठमाडौं । नेपालको पूर्वी नेपालमा खासगरी हाक्पारे र च्याव्रुङ भाकाले स्रोताको मन जित्ने गर्छ । त्यही भएर अधिकांस पूर्वेली गायक गायीकाहरुले यही भाका रोज्ने गर्छन् र चर्चामा पनि पुग्ने गर्छन् ।
अहिले फेरि पूर्वेली भाका ‘छुइयामा हा हा पकन्दी खेल्दै’ बोलको गीत सार्वजनि भएको छ । जसलाई रचना लावतीले शब्द सिर्जना गरेका छन् भने राज रोबर्ट अजनवी र चन्द्र श्रेष्ठ संगीत गरेका छन् ।
सुनिता थेगिम र मनोज चेम्जोङको स्वरमा तयार भएको सो गीत स्टुडियो किङले आफ्नो युट्युव च्यानलमार्फत बुधबार मात्रै सार्वजनिक गरेको छ । जुन गीतको संगीत संयोजन कृष्ण भक्त राईले गरेका छन् । यो गीतमा पूर्वका विभिन्न रमणीय ठाउँको बयान गर्दै माया पिरतीको साइनो जोड्न आग्रह गरिएको छ ।
प्रतिकृया दिनुहोस