बलिउड अभिनेता विवेक ओबरायलाई ज्यान मार्ने धम्की
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा मुख्य भुमिका निभाएका बलिउड अभिनेता विवेक ओबरायलाई बुधवार ज्यान मार्ने धम्की आएको छ । धम्कीपछि प्रहरीले विवेकलाई सुरक्षाको बन्दोबस्त गराइएको छ ।
भारतीय सञ्चारमाध्यामले बताए अनुसार माओवादीले उनलाई ज्यान मार्ने धम्की दिएको हो । विवेकले भारतीय मोदीको बायोपिकमा मुख्य भूमिका निभाएका कारण धम्की आएको हो । विवेकका प्रवक्ताले धम्कीपछि उनलाई प्रहरीले सुरक्षा दिएको कुरा पुष्टि गरे ।
प्रतिकृया दिनुहोस