भारतिय गायिका नेहा कक्कड नेपाल आउँदै

काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्कड नेपाल आउने भएकी छन्।उनले ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा आफ्नो प्रस्तुति दिँदैछिन्। ‘नेहा कक्कर लाइभ’ नाम दिइएको उक्त प्रस्तुतिमा उनले आफ्ना चर्चित गीतहरु सुनाउनेछिन्।


जेठ २५ गते हुने कार्यक्रमका लागि टिकट बुकिङ लगायतका काम भइरहेको छ। नेहा भने आफ्नो टोलीसहित २४ गते शुक्रबार काठमाडौं आइपुग्नेछिन्। पारामाउन्ट ईन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको प्रस्तुति साँझ ८ बजेदेखि मध्यरातसम्म चल्नेछ । ‘इण्डियन आइडल सिजन २’ बाट चर्चामा आएकी नेहा यसको सिजन १० मा जज थिइन्।


उनले आँख मारे, दिलवर दिलवर, काला चस्मा, कोकाकोला, इस्मे तेरा घाटा, मिले हो तुम हमको, सावान आया है जस्ता हिट गीत गाएकी छन्। उनी आफ्नो पहिलो एल्बम ‘नेहा द रक स्टार’ बाट नै चर्चामा आएकी हुन्। उनी चर्चित गायक सोनु कक्करकी बहिनी हुन्। हिमान्स कोहलीसँग नेहाकाे ४ वर्षे सम्बन्ध गत वर्ष टुटेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...