भारतमा नरेन्द्र मोदीको पार्टीलाई भोट दिएको भन्दै श्रीमानद्धारा श्रीमतीको हत्या

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी  भारतीय जनता पार्टीलाई भोट दिएको भन्दै एक जनाले आफ्नी श्रीमतीको हत्या गरेका छन् । भारतको उत्तर प्रदेशस्थित गाजीपुर जिल्लामा यो घटना भएको हो ।

सोमवार बिहान सैदपुर क्षेत्रका एक युवाले आफ्नी श्रीमतीको हत्या गरेका हुन् । उनी आफ्नी श्रीमतीसँग आफूलाई मनपर्ने पार्टीलाई भोट नदिएको कारण असन्तुष्ट थिए ।

श्रीमतीको हत्या गरेपछि आरोपी उक्त शवसँगै बसेका थिए । तर, मानिसको भीड जम्मा भएपछि भने उनी घर छाडेर भागेका थिए । यो मामिलामा माइती पक्षले भने दाइजोका लागि हत्या गरेको आरोप लगाएका छन् ।

माइती पक्षले यस मृतकको घर परिवारको विरुद्धमा मुद्दा दायर गरेको छ । साथै आरोपी उनका श्रीमान पनि पक्राउ परेका छन् । सिंगारपुर दलित बस्तीमा बस्दै आएका उनीहरु इशू रामकी छोरी नीलमको विवाह २०१४ जुन १९ मा रामवचनसँग भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...