अजयको ‘दे दे प्यार दे’ को सुरुवात कमजोर

एजेन्सी । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘दे दे प्यार दे’ ले भारतीय बक्स अफिसमा कमजोर सुरुवात गरेको छ। अजय देवगन, तब्बु र रकुल प्रितको मूख्य भूमिका रहेको फिल्म ‘दे दे प्यार दे’ ले पहिलो दिन केवल १०.४१ करोडको मात्रै व्यापार गरेको हो।

बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गर्दै ‘दे दे प्यार दे’ को पहिलो दिनको कमाई सार्वजनिक गरेका हुन्। अकीव अलीको निर्देशनमा बनेको उक्त फिल्मको दोस्रो तथा तेस्रो दिन व्यापार बढ्न सक्ने तरणले विश्लेषण गरेका छन्।

ओपनिङको मामलामा ‘दे दे प्यार दे’ को कमाई अघिल्लो हप्ता प्रदर्शनमा आएको टाइगर श्राफको अभिनय रहेको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ को भन्दा पनि कम हो। करण जोहरको उक्त फिल्मले पहिलो दिन १२।०६ करोड रुपैयाँको कमाई गरेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...