दक्षिण सुडानका ४० कुटनीतिज्ञ बर्खास्त

जुबा । दक्षिण सुडानले कार्यक्षेत्रमा अनुपस्थित भएको आरोप लगाउँदै आफ्ना ४० जना कूटनीतिज्ञलाई बर्खास्त गरेको छ । दक्षिण सुडानले विदेश मन्त्रालयसँग अनुमति नलिइकन खटाइएको क्षेत्रमा अनुपस्थित रहेका ४० कूटनीतिज्ञलाई बर्खास्त गरेको हो ।

यसअघि सम्बन्धित मन्त्रालयलाई जानकारी नगराइकन गैरकानुनीरूपमा काम गर्दै आएका उनीहरूलाई आफूलाई खटाएको क्षेत्रमा अनुपस्थित हुनुको कारणबारे स्पष्टीकरण सोधेको थियो ।

विदेश मन्त्रालयका उपसचिव बाक वालेन्टिनो आकोलले बर्खास्तमा परेका अधिकारीहरूले आफू मातहतको विदेश मन्त्रालयको निरन्तरको निर्देशनलाई पालना नगरेको बताए । उनीहरूलाई काममा अनुपस्थित हुनाको कारणसहित ४५ दिने स्पष्टिकरण सोधिएको भए पनि यसबारेमा जवाफ नआएपछि कारबाहीस्वरुप बर्खास्त गरिएको उनको भनाइ थियो ।

बर्खास्तमा परेका कूटनीतिक अधिकारीलाई उनीहरूले लिएका कूटनीतिक राहदानी तथा उनीहरूको परिवारले लिएका राहदानीहरू राजदूतावास तथा कूटनीतिक नियोगमा बुझाउनसमेत सूचना जारी गरिएको छ । कारबाहीमा परेका अधिकारीको नाम भने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छैन । ९एजेन्सी०

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...