युवतीको मोबाइलमा म्यासेज पठाएको निहुँमा खुकुरी प्रहार

झापा । युवतीको मोबाइलमा म्यासेज पठाएको निहूँमा दुई जनालाई खुकुरी प्रहार गरिएको छ । बुधबार राति दमक नगरपालिका–५ का स्थानिय दीपक चौलागाईले खुकुरी प्रहार गर्दा सोही ठाउँका यादव राई र उनकी श्रीमती पेमा तामाङ घाइते भएका हुन् ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट राईको टाउकोमा चोट लागेको छ । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । राईको श्रीमती पेमालाई सामान्य चोट लागेको बताइएको छ ।

घटना दमक ५ की बिन्दु थापालाई राईले मोबाएलमा म्यासेज पठाएर अनावश्यक दुःख दिएका कारण बिन्दुकै आग्रहमा चौलागाईले राईमाथि खुकुरी प्रहार गरेको प्रहरीको अनुमान छ । बिन्दुलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...