रोहितको टिम जकार्ताको दोस्रो जित

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले एएफसी कप फुटबलमा दोस्रो जित निकालेको छ ।

बुधबार भएको खेलमा म्यानमारको शान युनाईटेडलाई ६-१ गोल अन्तरले पराजित गर्दै जकार्ताले दोस्रो जित निकालेको हो ।

जकार्ताको जितमा ब्रुनो माटोसले ह्याट्रिक गरे । यस्तै जकार्ताका लागि नोभारी सेटिवन, हेरी सुसन्टो र रिको सिमान्जुतकले एक एक गोल गरे । शानका जिन मिन तुनले एक गोल फर्काए ।

शानविरुद्धको खेलमा जकार्ताले रोहितलाई पुरै समय खेलाएको थियो । 

जितसंगै समूह 'जी' मा रहेको जकार्ताले ६  खेलबाट ७ अंक जोडेको छ । जकार्ता समूहको तेस्रो स्थानमा छ ।

अंकविहीन शान पुछारमा रहेको छ । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...