चीनलाई एक्ल्याउने ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई अमेरिकाविरुद्ध कर बढाएर गल्ती नदोहोर्याउन चेतावनी दिएका छन्। ट्रम्पले त्यसो गरे आफूले चीनलाई एक्ल्याउने बताए। गल्ती दोहोरिए उसको देशमा व्यापार गर्न कोही बाँकी नहुने ट्रम्पको भनाइ रहेको छ।


गत शुक्रबारदेखि अमेरिकाले चीनका २ सय अर्ब डलरका सामाग्रीमा नयाँ कर लगाएको छ। पहिले १० प्रतिशत कर तिर्दै आएको चीनले यतिबेला २५ प्रतिशत कर तिर्नुपर्ने अवस्था छ। यस्तोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई अमेरिकी सामाग्रीमा कर नबढाउन चेतावनी दिएका हुन्।


ट्रम्पले ट्रवीट गर्दै चेतावनीपूर्ण भाषामा भने,‘चीनमा व्यापार गर्नका लागि कोही बाँकी हुनेछैन। यो चीनका लागि दुखद क्षण हुनेछ। अमेरिकाका लागि खुशीको क्षण हुनेछ। चीनले अमेरिकाबाट धेरै समयददेखि फाइदा लिइरहेको छ। त्यसैले चीनले अमेरिकाविरुद्ध जानुहुन्न। यसले चीनको अवस्था खराब बनाउनेछ।


ट्रम्पले अमेरिकासँग व्यापार युद्धमा होमिए चीनका कम्पनीहरु भियतनासहित एसियाका अन्य देशहरुमा सर्ने समेत बताएका छन्। उनले चीनले व्यापार वार्ताको सम्झौतालाई तोडेको आरोप लगाएका छन्।


चीनले गत शुक्रबार नै अमेरिकाले चीनका सामाग्रीमा कर बढाएर गल्ती गरेको बताइसकेको छ। चीनले समेत अमेरिकी सामाग्रीमा कर बढाउने चेतावनी दिएको छ। यद्यपी कहिले लगाउने भनेर केही बताएको छैन।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...