बेइजिङको नयाँ विमानस्थलमा चार ओटा एयरलाइन्सको परीक्षण उडान

बैङ्कक । चीनको राजधानी बेइजिङको एक नवनिर्मित विमानस्थलमा सोमबार बिहान परीक्षण उडान गरिएको छ । बेइजिङ दाछिङ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रुपमा सम्पन्न भएपछि यात्रुसहित सफल परीक्षण उडान गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

चाइना साउथर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, एयर चाइना र छिमेन एयरलाइन्स गरी चार ओटा एयरलाइन्सले एउटा विमान परीक्षण उडान गरेका हुन् ।

“यो परीक्षण उडानले अब उडान सेवा नियमित गर्न विमानस्थल पूर्ण रुपमा तयार भएको छ भन्ने पुष्टि भएको छ,” चीनको नागरिक उड्डयन प्रशासनका प्रहरी प्रमुख वाङ छिङडोङले भन्नुभयो ।

नयाँ बनेको विमानस्थल बेइजिङको डाउनटाउनदेखि ४६ किलोमिटर टाढा पर्दछ । बेइजिङमै रहेको अर्को विमानस्थल बेइजिङ क्यापिटल इन्टरनेशनलको चाप कम गर्नका लागि यो विमानस्थल बनाइएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...