तालिवानी विद्रोहीको नियन्त्रणबाट दश जना सकुशल मुक्त
कुन्दुज । अफगानिस्तानको सरकारी सेनाले तालिवानी नियन्त्रणमा रहेका दश नागरिकलाई मुक्त गराएको छ । सरकारी सुरक्षाकर्मीहरूले चलाएको खोजी तथा कारबाही अभियानका क्रममा देशको उत्तरी कुन्दुज प्रान्तबाट उनीहरूलाई नियन्त्रण मुक्त गरेका हुन् ।
अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार शुक्रबार चाहार डारा जिल्लाको एक्यु सराय गाउँमा सुरक्षा कारबाही अभियान चलाइएको थियो । उनीहरुले त्यस ठाउँमा एउटा घरलाई कारगारकोरूपमा सञ्चालन गरेको र नियन्त्रणमा लिइएकाहरूलाई त्यही राख्ने गरेको एक जना सैन्य प्रवक्ताले जानकारी दिएका छन् ।
त्यही तालिबानी कारागारबाट मुक्त गरिएकाहरूलाई अहिले सरकारी सेनाले आफ्नो शिविरमा राखेको र केही दिनपछि मात्रै आफन्तको जिम्मा लगाइने भएको छ । उनीहरूलाई खोज्ने र मुक्त गरेर ल्याउने क्रममा सेनाले कुनै पनि हातहतियारहरु प्रयोग नगरेको श्रोतले जनाएको छ ।
अफगानिस्तानका विभिन्न ठाउँमा सरकारी सेना र तालिबान लडाकूहरुबीच भेला बेलामा भिडन्त र एक अर्का विरुद्धका कारबाहीहरू हुने गरेका छन् । यस क्रममा हजारौँको मृत्यु भइसकेको छ ।
प्रतिकृया दिनुहोस