योग्सना डिजिटलको ‘अतित’ सार्बजनिक
काठमाडौँ । योग्सना डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा खेमराज कोइराला र प्रिया राणाको लोकदोहोरी गीत अतित योग्सना डिजिटल म्युजिक प्रालीको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्बजनिक भएको छ ।
सुजन कोइराला र देवी घर्तीको आवाज रहेको उक्त गितमा खेमराज कोइराला र प्रिया राणाको शब्द र्सिजना रहेको छ भने लय सिर्जना सर्जक तथा गायक गणेश अधिकारीको रहेको छ ।
लोक दोहोरी क्षेत्रका एक अब्बल गायक हुन गणेश अधिकारी, । उनका बजारमा आउने हरेक गीतहरुले सफलताको शिखर चुम्दै गएका छन, । मिठो स्वरका धनी अधिकारी गीत मात्र गाउदैनन् ,शब्द अनि संगीत पनि उत्तीनै मिठो सृजना गर्छन् ।
स्मिृती तिमिल्सिना (गरुआमा) को निर्देशनमा तयार भएको उक्त गीतमा सुजन कोइराला र रमिला रोकाको मुख्य अभिनय रहेको छ भने साथमा राज अर्याललाई पनि देख्न सकिने छ ।
सुरेश श्रेष्ठको छायाङकन, श्याम मल्लको मेकप रहेको उक्त “ अतित ” बोलको गितलार्ई दिपक विष्टले सम्पादन गरेका छन् भने दृश्य निर्माण गुरुआमा फिल्मस प्रालीले गरेको छ ।
प्रतिकृया दिनुहोस