सैन्य विद्रोह असफल भएपछि विपक्षी नेता ग्वाइदोका सहायक कराकसमा पक्राउ

कराकस । भेनेजुएलाका विपक्षी नेता ख्वान ग्वाइदोका सहायकलाई देशको गुप्तचर निकायले पक्राउ गरेको छ । एद्गार साम्ब्रानो देशको संसद्का उपाध्यक्ष हुन् । पक्राउ गर्न लाग्दा उनी गाडीबाट ओर्लन नमानेपछि गाडीलाई नै तानेर उनलाई कारागार लगियो ।

गत महिना राष्ट्रपति निकोलास मदुरोविरुद्ध सैन्य विद्रोह गराउने प्रयासपछि साम्ब्रानो पक्राउ पर्ने पहिलो विपक्षी नेता हुन् । अमेरिकासमेत ५० राष्ट्रले ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् ।

डेमोक्र्याटिक एक्शन पार्टीका नेता कार्लोस प्रोस्पेरीले सेबिन भनिने गुप्तचर निकायले साम्ब्रानोलाई पक्राउ गर्नुभन्दा केही बेरअघि राजधानी कराकसमा आयोजित पार्टीको एउटा बैठकमा आफू उनीसँग भएको बताएका छन् ।

गाडी घेरियो, उनले भने, उनीहरूले हामीलाई उनी (साम्ब्रानो) भएको ठाउँमा जान दिएनन् । उनीहरूले गाडी तान्ने ट्रक ल्याए र उनको गाडीलाई तानेर लगियो । साम्ब्रानोलाई एल एलिकोइद जेलमा राखिएको हुन सक्ने उनको भनाइ छ ।

प्रोस्पेरीले भने, हामीलाई उनी कस्तो स्थितिमा छन् र एल एलिकोइदमा के हुँदैछ भन्ने थाहा छैन । ग्वाइदोले पनि वरिष्ठ नेता पक्राउ परेकोबारे ट्वीट गरेका छन्। उनले गाडी तानेर लैजानुलाई मूर्खता भनेका छन् ।

देशको सर्वोच्च अदालतले साम्ब्रानो र संसद्का अन्य छ उपाध्यक्षलाई असफल भएको सैन्य विद्रोहमा सहभागी भएको आरोपमा देशद्रोहको मुद्दा चलाउन आदेश दिएको भोलिपल्ट उनलाई पक्राउ गरिएको हो ।

मदुरोलाई समर्थन गर्ने संविधानसभाका प्रमुखले विद्रोहका एक मुख्य षड्यन्त्रकारीू पक्राउ परेको र उनीहरूविरुद्ध मुद्दा चलाइने सरकारद्वारा सञ्चालित टेलिभिजनलाई बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...