रनवेबाट विमान चिप्लिँदा ११ जना घाइते

काठमाडौं । अवतरणका क्रममा रनवेबाट विमान चिप्लिँदा ११ जना घाइते भएका छन् ।  म्यान्मारको यांगून विमानस्थलमा अवतरण गर्ने क्रममा विमान चिप्लिँएको हो । बंगलादेश एयरलाइन्सको विमान शहरमा ठूलो आँधी आएपछि धावनमार्ग चिप्लो बनेकोले रनवे किनाराको घाँसमा चिप्लेको हो । 

नाम नबताउने शर्तमा एएफपीलाई विमानस्थलमा खटिएका एक प्रहरी अधिकारीले बताए, ‘एक पाइलट, एक विमान परिचारिका र नौ यात्रीलाई सामान्य चोट लागेको छ ।’ 

स्थानीय समयअनुसार बुधवार बिहान ६ बजेर ५० मिनेट जाँदा विमान धावनमार्गमा चिप्लिएको हो । यांगून अन्तर्राष्ट्रिय विमानस्थलले यसको पुष्टि गरेको छैन तर भारी वर्षाका कारण अर्को आदेश नआउन्जेल रनवे बन्द गरिएको घोषणा गरेको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...