जेलभित्रै प्रहरीले चलाएको गोली लागि ७ कैदीको मृत्यु

ग्वाटेमाला । ग्वाटेमालाको एक जेलभित्रै प्रहरीले गोली चलाउँदा ७ जना कैदीको मृत्यु भएको छ ।  मध्य अमेरिकामा पर्ने राष्ट्र ग्वाटेमालामा प्रहरीेले जेलभित्रै अन्दाधुन्दा गोली चलाएको हो ।

ग्वाटेमालाको राजधानी ग्याटेमाला सिटीस्थितसिटीस्थित पाभोन जेलमा कैदहरुबीचको भएको हिंस्रक झडपलाई नियन्त्रणमा लिन प्रहरीले जेलभित्रै गोली प्रहार गर्नुपरेको समाचारमा जनाइएको छ ।

प्रहरीको गोली लागेर अन्य २० जना घाइते भएका छन् । स्थितीलाई नियन्त्रणमा लिन उक्त जेलमा १५ सय सेना तथा प्रहरी खटाइएको थियो ।

एक हजार कैदी राख्ने क्षमताको उक्त जेलमा ४ हजार कैदीहरु राखिएका छन् । अधिकारीहरुका अनुसार मंगलबार दुई कैदीको झडपले विभिन्न समूहबीच हिंस्रक झडपको अवस्था निम्तिएको थियो ।

मंगलबार ८ घन्टासम्म जेलमा झडप भएको जनाइएको छ। १५ सय सेना परिचालन भएपछि भने अवस्था नियन्त्रणमा आएको थियो । सोही जेलमा सन् २०१६ मा कैदीबीच झडपहुँदा १४ जनाको मृत्यु भएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...