पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प

वासिङटन । पपुवा न्यु गिनीमा सोमबार ७.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ । स्थानीय समयानुसार सोमबार राति ९ः१९ मा बुलोलोबाट करिब ३३ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको क्षेत्रको १ सय २७ किलोमिटर गहिराईमा भूकम्पको केन्द्र रहेको युएसजिएसले जनाएको छ ।

युएसजिएसका अनुसार राजधानी पोर्ट मोरेसबाइमा पनि महसूस गरिएको छ । यस भूकम्पपछि धनजनको क्षति सम्बन्धी कुनै पनि समाचार प्राप्त भएको छैन । यस भूकम्पपछि सुनामीको कुनै सूचना पनि जारी गरिएको छैन । पपुवा न्यु गिनीमा केही समयकै अन्तरालमा यो दोस्रो शक्तिशाली भूकम्प आएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...