बेलायती राजकुमार ह्यारी र मेगनले छोरा जन्माएपछि बधाईको ओइरो
काठमाडौँ । ब्रिटेनका राजकुमार ह्यारी र मेगन मार्कलको पहिलो सन्तानको रूपमा छोराको जन्म भएपछि शाही दम्पतिलाई विश्वभरबाट बधाईको ओइरो लागेको छ । राजकुमार ह्यारीले आफूले कल्पनै नगरेको सुखद अनुभूति भएको बताएका छन् ।
बच्चाको जन्म स्थानीय समय अनुसार सोमवार साँझ ५ बजेर २६ मिनेटमा भएको हो । केन्सिङ्गटन प्यालेसले ड्युक र ड्चेज अफ क्याम्ब्रिज खुशी भएको र बच्चालाई भेट्न लालायित भएको बताएको छ ।
मेगनकी आमा डोरिया रागल्यान्ड धेरै खुशी भएको र अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाकी पत्नी मिशेल ओबामाले उनीहरू पनि खुसी भएको बताएकी छन् ।
नाम नराखिएको शाही बालक, प्रिन्स अफ वेल्स, ड्युक र ड्चेज अफ क्याम्ब्रिज, उनीहरूको तीन छोराछोरी र राजकुमार ह्यारी पछि यूकेको राजगद्दीको सातौं क्रमका उत्तराधिकारी हुन् ।
राजकुमार ह्यारीले दुई दिनपछि मिडियाका सामु बच्चालाई प्रस्तुत गर्ने बताएका छन् । उनले मेगनको स्वास्थ्य राम्रो भइरहेको बताउँदै बच्चाको नाम अझै सोचिरहेको बताएका छन् ।
प्रधानमन्त्री टरिजा मे, लेबर पार्टीका नेता जेरेमी कोर्बिन र स्कटल्यान्डकी प्रथम मन्त्री निकोला स्टर्जनले ट्विटरमा बधाई ज्ञापन गरेका छन् । राजकुमार ह्यारी र मेगनको बिहेमा सङ्गीत बजाउने टोलीले शाही शिशुको लागि नयाँ गीत तयार पारेको छ ।
उक्त शिशुले अमेरिकी नागरिक मेगनको कोखबाट जन्म लिएका कारण अमेरिकाको समेत नागरिकता प्राप्त गर्ने बताइएको छ ।
८ नोभेम्बर २०१६ केन्सिङ्टन प्यालेसले वक्तव्य जारी गरि राजकुमार ह्यारी र मेगन मार्कल प्रेम सम्बन्धमा रहेको जानकारी दिइएको थियो । २८ नोभेम्बर २०१७ ह्रारी र मेगन विवाहका लागि तयार भएका थिए ।
१५ डिसेन्बर २०१७ केन्सिङ्टन प्यालेसले उनीहरूले मे १९ लाई विवाहको दिन तोकेका थिए । १९ मे २०१८ ह्रारी र मेगनको विवाहसँगै उनीहरूलाई ड्यूक एण्ड डचेज अफ ससेक्स उपाधि प्रदान गरिएको थियो । १५ अक्टोबर २०१८ केन्सिङ्टन प्यालेसद्वारा मेगन गर्भवती भएको जानकारी गराइएको थियो । ६ मे २०१९ मेगनको कोखबाट बालकको जन्मेको हो ।
प्रतिकृया दिनुहोस