भारतको चुनावमा अक्षय कुमारको नागरिकतामाथि विवाद

केहि समय यता अभिनेता अक्षय कुमारले केहि विवादको सामना गरिरहेका छन् । भारतमा भैरहेको चुनावमा उनको नागरिकताको विषयलाई लिएर निकै विवाद भएको छ ।  कारण उनको क्यानडाको नागरिकता चर्चाको विषय बनेको छ ।

उनको त्यही नागरिकताका कारण दुई वर्ष अघि ‘रुस्तम’ फिल्मका लागि पाएको राष्ट्रिय पुरस्कारका कारण विवादमा मुछिएका छन् । 

अक्षय कुमारसँग क्यानडाको नागरिकता रहेको छ । तसर्थ अक्षय कुमार विदेशी नागरिक भएका कारण उनलाई राष्ट्रिय पुरस्कार दिन नहुने भन्दै विवाद सिर्जना भएको छ ।

 सामाजिक सञ्जालमा अक्षय कुमार क्यानडियन नागरिक भएका कारण उनलाई दिइएको राष्ट्रिय पुरस्कार प्रति आपत्ति जनाएका छन् । साथै उनको नागरिकता भारतको नभएकोले उनि भारतीय नागरिक होइन भन्दै  पुरस्कारका लागि योग्य नएको भन्दै बहस चलेको छ ।

सामाजिक सञ्जालमा केही व्यक्तिहरु अक्षय कुमारविरुद्ध आफ्ना विचारहरु राखिरहका बेला फिल्म ‘रईस’ का निर्देशक राहुल ढोलकिया र अभिनेता परेश रावल भने अक्षय कुमारको समर्थनमा बोलेका छन् । निर्देशक राहुल ढोलकिया नेशनल फिल्म अवार्ड्सको निर्णायक मण्डलका सदस्य पनि हुन् । 


उनले ट्वीट गर्दै भनेका छन् ‘नेशनल अवार्ड्सको मुद्दामा यस्तो प्रावधान रहेको छ, विदेशी मूलका व्यक्तिलाई समेत यो पुरस्कार दिन मिल्छ । यो वैध हो र नियम अनुसार नै रहेको छ ।

 किनकी म आफैँ पनि नेशनल फिल्म अवार्ड्सको निर्णायक मण्डलको सदस्य पनि भइसकेको छु ।’ 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...