काश्मिरमा भाजपाका उपाध्यक्षको हत्या

श्रीनगर । भारत नियन्त्रित काश्मिरमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का उपध्यक्षको हत्या भएको छ । धरमै बसिरहेका बेला अपरिचित बन्दुकधारीहरुले उनीमाथि आक्रमण गरेको त्यहाँका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय ७० वर्षीय गुलाम मोहम्मद मिरको हत्या भएको हो । उनी अनन्तनाग जिल्लाको भाजपाको उपाध्यक्ष थिए । घटनास्थल काश्मिरको राजधानी श्रीनगरबाट झण्डै ८६ किलोमिटर टाढा पर्दछ ।

राति अवेर जवरजस्ती घरभित्र पसेका व्यक्तिले मिरमाथी गोली प्रहार गरेको पाइयो, एक प्रहरी अधिकारीहरुले भने । आक्रमणपछि सख्त घाइते भएका मिरलाई तत्काल नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लगिएको भएपनि बाटोमै मृत्यु भएको थियो।

प्रहरीले विद्रोही लडाकूहरु हत्यामा संलग्न भएको हुन सक्ने आशंका गरेको छ । यस क्षेत्रमा बेला बेलामा यस्ता हत्याका घटना हुँदै आएका छन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...