‘हरर’ मा यस्तो देखियो सन्नी लियोनको रुप

नयाँ दिल्ली । चर्चित बलिउड अभिनेत्री सन्नी लियोन पहिलो पटक हरर फिल्म खेल्ने भएकी छन् । उनी नयाँ फिल्ममा भूतको भूमिकामा रहने छिन् ।

महिन्द्रा धारीवाल निर्माता रहने उक्त फिल्मको नाम ‘कोकाकोला’ रहने र आगामी जुनबाट सुटिङ सुरु गरिने भारतीय समाचारमाध्यमले उल्लेख गरेका छन् ।

यो खबर बाहिरिएसँगै सन्नीका फ्यान उत्साहित छन् । बलिउडमा हरर फिल्मको लहड चलेसँगै यसअघि श्रद्धा कपुर, परिणति चोपडाको त्यस्तै भूमिकाबाट पनि दर्शक रमाएका थिए ।

सन्नी ‘जास्मिन–२’ बाट बलिउडमा आएकी हुन् । ‘ज्याकपट’, ‘रजनी एसएमएस’, ‘तेरा इन्तजार’ आदिबाट पनि उनले फ्यानको मन जितेकी थिइन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...