ललितपुरमा ग्याङ् फाईट, छुरा प्रहार बाट युवकको मृत्यु

काठमाडौं ।  ललितपुरको पुल्चोकमा केटीको विषयलाई लिएर युवाहरुको दुई समूहबीच ग्याङ फाइट भएको थियो ।

उत ग्याङ झडपमा एक युवक गम्भिर घाईते भएका थिए । घाईते युवकको   मृत्यु भएको हो ।

घटनामा संलग्न कृष्ण तामाङ सहित ६ जना प्रहरीको नियन्त्रणमा छन् ।

शुक्रबार साँझ ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित सुमेरु अस्पताल नजिकको गल्लीमा ग्याङ फाइट भएको थियो । १२र१४ जना युवाहरुको समूहमा भएको झडपमा २० वर्षका अन्सल शाक्यको मृत्यु भएको हो ।

झडपमा घाइते भएका उनलाई ६ः४५ बजे सुमेरु सिटी अस्पताल पुर्याइएको थियो । तर, ७ बजे चिकित्सकले मृत घोषित गरेका छन् ।

उनको टाउको, छाति लगायतका स्थानमा धारिलो हतियार प्रहार गर्दा गम्भीर चोट लागेको बताइएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...