भारतको उडिसामा ‘फानी’ चक्रवातका कारण तीनको मृत्यु, एक गम्भीर घाइते

नयाँ दिल्ली । भारतको उडिसामा आएको फानी चक्रवातका कारण अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको समाचारमा जनाइएको छ ।

उडिसाको पुरी तटमा आएको उक्त चक्रवातका कारण ३ जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको भारतीय समाचार संसथा पिटिआईले जनाएको छ ।

उडिसाको नयाँगढममा घरको पर्खाल ढल्दा  एक महिलाको  मृत्यु भएको छ भने आपतमा परेकालाई सुरक्षित स्थानमा लैजाने क्रममा अर्का एक व्यक्तिको मृत्यु भएको हो ।

यस्तै पत्तामुन्डाइ इलाकामा पनि एक महिलाको मृत्यु भएको छ। नयाँगढमै अर्की एक महिला गम्भीर घाइते बनेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

शुक्रबार बिहान १० पुरीमा प्रवेश गरेको फानी चक्रवतले उक्त इलाकामा रुख र बिजुलीका पोल ढाल्नुका साथै कच्ची घरका छाना समेत उडाएको छ । प्रतिघण्टा २०० कीमीभन्दा बढीको वेगमा आएको सो चक्रवातले त्यसक्षेत्रको  जनजीवन प्रभावित बनाएको छ ।

सरकारले उक्त चक्रवत आउनुपूर्व नै त्यस क्षेत्रका ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारीसकेको छ भने उद्धार र राहतका लागि हेलिकोप्टरसहितको टोली ती क्षेत्रमा तयारी अवस्थामा राखेको छ ।

यो चक्रवातको प्रभाव त्यस क्षेत्रमा राति ८ बजेसम्म रहने बताइएको छ । त्यस क्षेत्रमा अहिले सञ्चार सेवा ठप्प भएको छ भने उद्धार कार्य जारी रहेको सरकारले जनाएको छ ।

समुन्द्रको किनारमा रहेको पुरी सहरलगायत रज्याका सबै स्थामा हावाहुरी सहित भारी मात्रामा वर्षा भएको छ । भुवनेश्वरी लगायत केही स्थामा रहेका झुपडीहरु पूर्ण रुपमा उडाएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...