थबाङका चर्चित कम्युनिष्ट नेता बर्मन बुढा अस्पताल भर्ना

काठमाडौं । रोल्पा थबाङका कम्युनिष्ट संस्थापक तथा पूर्वसांसद बर्मन बुढा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

८८ वर्षीय बुढा अस्वस्थ भएपछि बिहीबारदेखि ललितपुरको पाटन अस्पतालमा भर्ना गरिएको छ । अस्पतालमा उनको उपचार भइरहेको छ । रोल्पा थबाङका बुढालाइ  सभामुख महराले भेटेका छन् । उनको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कसुर बाँकी नराख्न अस्पताल प्रशासनलाई आग्रह गरेका छन् ।

पेटमा समस्या देखिएपछि उनी बिहीबार पाटन अस्पताल भर्ना भएका हुन् । बुढा नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज नेतामा गनिन्छन् । उनी २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट रोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट सांसद चुनिएका थिए।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...