ओडिसाको समुद्री तटमा फानी, ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो
नयाँ दिल्ली । फानी चक्रावत भारतको ओडिसा राज्यस्थित पुरी समुद्री तटमा पुगेको छ । आँधीको गति प्रतिघण्टा २४५ किलोमिटर रहेको छ । पुरीमा तीब्र बेगको हावासहित भारी बर्षात् भइरहेको छ ।
हैदराबादको मौसम विभागका अनुसार पुरीमा २४५ किमी प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । ओडिसमा १५ जिल्लाबाट ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यो २० वर्षयता ओडिसामा पुगेको सबैभन्दा खतरनाक चक्रवात हो ।
फानीका कारण तटीय बस्तीमा पानी भरिएको छ । मौसम विभागका अनुसार यो चक्रावत बंगाल हुँदै बंगलादेशतर्फ बढ्नेछ । फानीका कारण पश्चिम बंगाल राज्यको तटीय इलाकामा पनि चेतावनी जारी गरिएको छ ।
आँधी आउने थाहा पाएपछि प्रशासन पहिलेबाटै तयारी अवस्थामा छ । पुरीस्थित समुद्री तटबाट करिब ११ लाख मानिसलाई उच्च स्थानमा सारिसकिएको छ । आँधीबाट हुने सम्भावित क्षतिबाट जोगिन सरकारी तयारी गरेर स्वयम् मुख्यमन्त्री नवीन पटनायक आफैं सक्रिय भएका छन् ।
आँधी आएपछि स्वास्थ्य र सुरक्षाबलको बिदा रद्द गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राहत र उद्दाक कार्यको समिक्षा गरेका छन् । यसअघि सन् १९९९ मा आएको सुपर साइक्लोबाट कम्तितमा पनि १० हजार मानिसले ज्यान गुमाएका थिए ।
प्रतिकृया दिनुहोस