काठमाडौँमा देखियो चक्रवातको प्रभाव,दिनभर नै मौसम बदली रहने

हिमाली भेगमा भारी हिमपात

काठमाडौँ । काठमाडौँ उपत्यकामा हावाहुरी चल्न सुरु भएको छ । बंगालको खाडीबाट सुरु भएको चक्रवात फानीको प्रभावले काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा पनि हावाहुरी चल्न सुरु भएको हो । चक्रवात फानीको प्रभावले काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा पनि हावाहुरी चल्न सुरु भएको छ ।

हावाहुरीका कारण काठमाडौँको सडकमा सवारीका साधनहरु पातलीएका छन् । मानिसहरुलाई घरबाहिर निस्कन समस्या भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी तथा मध्य क्षेत्रमा शुक्रबार र  शनिबारपनि चक्रवातको प्रभाव रहने जनाएको छ ।

मौसमविद विभूति पोखरेलले चक्रवातको प्रभावका कारण हुरिबतास चल्ने र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको बताइन् । उनले हिमाली भेगमा भारी हिमपात हुने बताइन् । भारी हिमपात हुने भएकोले हिमाली भेगमा गएका पर्वतारोहीलाई सुरक्षित स्थानमा रहन र दुई दिन हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन सरकारले अनुरोध गरेको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...