उत्तर कोरियाली नेता किमका सौतिनी दाजुको हत्यामा सन्दिग्ध भियतनामी महिला रिहा
काठमाडौँ । सन् २०१७ मा उत्तर कोरियाली नेता किम जङ–अनका सौतिनी दाजु किम जङ–नामको हत्याको अभियोग लागेकी भियतनामी महिला रिहा भएको उनको वकिलले बताएका छन् ।
चोट पुर्याउने कार्यू गरेको सानो अभियोग स्वीकार गरेकी द्वान ती हङ मलेशियाली अभियोजनकर्ता गरिएको एक सहमतिपछि थुना मुक्त भएकी हुन् ।
हङ र इन्डोनेशियाली महिला सिती ऐस्याहले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा किम जङ–नानलाई भीएक्स नामक स्नायुप्रणालीमा असर पार्ने विषालु पदार्थ घसेको अभियोग लगाइएको थियो । दुई वर्षअघि फेब्रुअरीमा किम जङ–नामको हत्या भएको थियो ।
यसअघि मार्च महिनामा ऐेस्याहविरुद्ध लागेका अभियोगहरू फिर्ता भएपछि उनलाई छोडिएको थियो । दुवै महिलाले आफूहरूले कसैको हत्या गर्ने प्रयास नगरेको र आफूहरू टेलिभिजनका लागि बनाउन लागिएको प्र्याङ्क अर्थात् उटुङ्गो कार्यक्रममा सहभागी भएको ठानेको बताउँछन् ।
आफूहरूलाई एउटा उत्तर कोरियाली षड्यन्त्रको हिस्सा बनाइएको र आफूहरू निर्दोष भएको उनीहरूले दाबी गरेका थिए । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको त्यो हत्याले धेरै पर्यवेक्षकहरूलाई चकित तुल्याइदिएको थियो ।
त्यसबारे विश्वभरि चर्चा भएको थियो । भियतनामकी हङ शुक्रवार रिहा भएकी हुन् । उनलाई छोटो कैद सजाय सुनाइएको थियो तर त्यसलाई अझै छोट्याइएको छ ।
इन्डोनेशियाकी सिती ऐस्याह चाहिँ अभियोग फिर्ता गरिएपछि गत मार्च महिनामा रिहा भएकी थिइन् । तर उनको मुद्दा किन फिर्ता गरियो भन्ने खुलाइएको छैन । फेब्रुअरी १३, २०१७ को दिन किम जङ–नाम मकाऊ जाने विमान कुरेर क्वालालम्पुर विमानस्थलमा बसेका थिए ।
विमानस्थलको प्रस्थान क्षेत्रमा दुई महिलाहरू उनी भएको ठाउँनजिकै गए । सीसीटीभी दृष्यमा उनीहरूमध्ये एक जनाले किमको अनुहारमा हात राखिन् र दुवै जना तत्कालै त्यहाँबाट भागे । अस्पताल लैजादालैजादै किमको बाटैमा मृत्यु भयो ।
पछि उनलाई भीएक्स नर्भ एजेन्ट भनिने स्नायुप्रणालीमा असर पुर्याउने शक्तिशाली विष प्रहार गरिएको पत्ता लाग्यो । सास फेर्दा त्यो विषको एक थोपा मात्रै पनि शरीरभित्र पुगे ज्यान जान्छ । उत्तर कोरियाले सो घटनामा आफ्नो संलग्नता नभएको दाबी गर्ने गरेको छ ।
तर किमको हत्या भएको दिन चार उत्तर कोरियालीहरू मलेशियाबाट भागेका थिए । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टर्पोलले रेड कर्नर नोटिस जारी गरेको भए पनि उनीहरूको अत्तोपत्तो लागेको छैन ।
प्रतिकृया दिनुहोस