‘एभेन्जर्स: इन्ड गेम’ र ‘बाहुबली २’ बाट नेपाली फिल्मकर्मीले के सिक्ने ?
काठमाडौं । सन् २०१७ मा प्रदर्शन भएको दक्षिण भारतीय फिल्म ‘बाहुबली २’ को चर्चा अझै पनि भइरहन्छ । यो फिल्मले नेपालमा पनि आक्रामक व्यापार गरेको थियो । फिल्मलाई नेपाली दर्शकले रुचाए । हलमा यो फिल्म हेर्न दर्शकको ठूलो जमात तयार भयो । विश्वभर चर्चामा आएको यो फिल्मले गज्जबको प्रतिक्रिया पायो ।
त्यसको दुई वर्षपछि अर्को एउटा त्यस्तै आक्रामक क्रेज बनाउन सफल हलिउड फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ प्रदर्शन भएको छ यही वैशाखमा । यो फिल्मले पनि नेपालमा आक्रामक व्यापार गर्न सफल भएको छ । यो फिल्मको क्रेज यतिसम्म रह्यो कि, अग्रिम बुकिङ खुलेको दिन नै फिल्मको टिकट सकिएको थियो ।
यी दुई फिल्मले नेपालमा लोभलाग्दो क्रेज बनाइरहँदा नेपाली फिल्म भने चलिरहेका छैनन् । आखिर किन नेपाली फिल्मले दर्शक गुमाएको हो ? नेपाली फिल्म नचलिरहेको अवस्थामा यी दुई फिल्मले यस्तो आक्रामक व्यापार गर्नुका कारण यी हुन्, जसलाई नेपाली फिल्मकर्मीलाई काम लाग्छ ।
आकर्षक कथा
नेपाली फिल्मका कथा निकै कमजोर हुने गरेका छन् । तर ‘बाहुबली २’ र ‘एभेन्जर्सः इन्ड गेम’ दुवै फिल्मका कथामा दमदार बनाएका छन् । जसकारण फिल्मले दर्शकको पूरै ध्यान आफूतिर तान्न सफल भएको छ । दुवै फिल्मको कथावाचन शैलीले दर्शकको ध्यान तान्छ । दुवै फिल्ममा नायकलाई शक्तिशाली बनाएर प्रस्तुत गरिएको छ । जसकारण फिल्मको कथानक दर्शकलाई मन परेको छ ।
चरित्र चित्रण
नेपाली कलाकारले प्रायः सबै फिल्ममा एकै खाले अभिनय गरिरहेका हुन्छन् । यो पनि नेपाली फिल्म क्षेत्रको कमजोरी पक्षमध्येको एक हो । तर, बाहुबली र एभेन्जर्समा ती चरित्रलाई फरक तरिकाले प्रस्तुत गरिएको छ । बाहुबली हेर्दा दर्शकले प्रभासको नामसमेत याद गर्दैनन् ।
एभेन्जर्समा सिरिजमा पनि कलाकारलाई बिल्कुलै फरक तरिकाले प्रस्तुत गरिएको छ । जुन कुरा दर्शकले निकै रुचाएका छन् । नेपालमा पनि यसरी नै फिल्ममा चरित्र निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ ।
भीएफएक्सको प्रयोग
नेपाली फिल्म क्षेत्रको इतिहास छैन । यद्यपि फिल्ममा नयाँ प्रयोगहरु हुने प्रयास भइरहेका छन् । साइन्स फिक्सन चलचित्रले विश्व सिनेमा बजारलाई आफूतिर तानिसकेको छ । हामी भने मौलिक र सामाजिक कथा बन्नुपर्छ भनेर आवाज उठाइरहेका छौँ ।
बाहुबली र एभेन्जर्स इन्डगेम दुवै फिल्ममा भीएफएक्सको प्रयोग गरेर अर्कै संसारमा पु¥याउने प्रयास गरिएको छ । जसलाई दर्शकले रुचाएका छन् ।
सशक्त निर्देशन पक्ष
नेपाली फिल्ममा निर्देशन पक्ष पनि निकै नै निराशाजनक हुन्छ । यी दुई फिल्मको निर्देशन पक्षको पनि खुबै तारिफ भयो । तर हाम्रोमा बजारको मार्केटका आधारमा निकै नै भद्दा फिल्म बनाउने निर्देशकको कमी छैन । यी दुई फिल्मको निर्देशन पक्षको भने खुबै तारिफ भइरहेको छ ।
यसका अलावा फिल्मले त्यस्तो काल्पनिक संसारमा दर्शकलाई लैजान्छन्, जसकारण फिल्म हेर्दा दर्शकले आनन्दको महसूस गर्छन् । नेपाली फिल्मकर्मीले भने नेपालमा दर्शक छैनन् भनेरै कामचलाउ फिल्म बनाउँदै आएका छन् ।
प्रतिकृया दिनुहोस