ग्वाइदोले गराउन खोजेको सैन्य विद्रोह विफल पारिएको राष्ट्रपति निकोलास मदुरोको दाबी

भेनेजुएला । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले विपक्षी नेता ख्वान ग्वाइदोले गराउन खोजेको सैन्य विद्रोह विफल पारिएको दाबी गरेका छन् । मङ्गलवार भएका भिडन्तमा केही दर्जन सैनिकहरूले विपक्षीलाई साथ दिएका थिए ।

ती घटनामा सय जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए । बुधवार टेलिभिजनमा बोल्दै राष्ट्रपति मदुरोले ग्वाइदो सेनालाई आफूविरुद्ध प्रयोग गर्न असफल भएको बताए । ग्वाइदोले सेनामा मदुरोको नियन्त्रण नरहेको भन्दै शान्तिपूर्ण परिवर्तन अवश्यमभावी भएको दाबी गरेका छन् ।

अमेरिका, यूके र ल्याटिन अमेरिकाका अधिकांश राष्ट्रसमेत ५० वटा देशले ग्वाइदोलाई भेनेजुएलाको अन्तरिम नेताको मान्यता दिएका छन् । तर मदुरोलाई रुस, चीन र भेनेजुएलाको सेनाको समर्थन प्राप्त छ । देशमा गम्भीर आर्थिक र राजनीतिक सङ्कट उत्पन्न हुँदा पनि उनले सत्ता त्याग्न अस्वीकार गरेका छन् ।

टेलिभिजनबाट प्रसारित सम्बोधनमा मदुरो वरिष्ठ सैन्य अधिकारीहरूसँगै उपस्थित भएका थिए । उनले प्रदर्शनकारीहरूलाई गम्भीर अपराध्र गरेको आरोप लगाउँदै सजाय दिइने उद्घोष पनि गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...