परीक्षामा फेल भएपछि भारतमा १९ विद्यार्थीद्वारा आत्महत्या

नयाँ दिल्ली । परिक्षामा फेल भएपछि भारतमा १९ जना विद्यार्थीद्धारा आत्महत्या गरेका छन् । तेलंगना राज्यमा गएको दुई हप्तामा १९ विद्यार्थीले आत्महत्या गरेका भारतीय संञ्चारमाध्यामले जनाएका छन् । ती सबै जना कक्षा १२ को परीक्षा दिएर बसेका बुझिएको छ ।

त्यहाँ यतिबेला त्यस परीक्षालाई विरोधाभास मानिएको छ। विद्यार्थीहरुले राम्रो परीक्षा दिएपनि शून्य अंक आएको, परीक्षा दिएको विषयमा अनुपस्थित देखाएको, राम्रा विद्यार्थी समेत फेल भएको आरोपहरु लागेका छन् । कक्षा १२ को परीक्षाको नतिजाको आधारमा विद्यार्थीले विश्वविद्यालयमा भर्ना पाउँछन् ।

तर परीक्षामा फेल भएसँगै विश्वविद्यालयमा भर्ना हुन नपाउने भएपछि उनीहरुले आत्महत्या गरेको जनाइएको छ । यससँगै दशजोड दुईमा फेल भएका विद्यार्थीका परिवार साथै विद्यार्थीले विरोध जनाएका छन् । उनीहरुले परीक्षाको उत्तरपुस्तिका जिम्मेवार विहिन भएर काटेको आरोप लगाएका छन् । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...