सेल्फी लिनेक्रममा रेलले किचेर ३ किशोरको मृत्यु

नयाँ दिल्ली । भारतको हरियाण राज्यको पानिपतमा सेल्फी लिने क्रममा रेलले किचेर ३ किशोरको मृत्यु भएको छ । भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका उनीहरुलाई रेलले कुल्चिएको हो ।

प्रहरीका अनुसार एक युवकको भने ज्यान जोगिएको छ । प्रत्यक्षदर्शी एम एस डबासले चारै जना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै गरेका थिए ।  त्यहीबेला नै रेलले उनीहरुमध्ये तीन जनालाई कुल्चिएको जानकारी दिए ।

ती युवा एउटा वैवाहिक कार्यक्रममा सहभागी हुन पानीपत आइपुगेका थिए । मृत्यु भएकामध्ये दुई जना १९ वर्षका र एक जना १८ वर्षका थिए । भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानहरुले देखाएका छन् । 

गतवर्ष अखिल भारतीय आयुर्विज्ञान संस्थानले गरेको एक अध्ययनमा सन् २०११ देखि २०१७ को बीचमा सेल्फी लिनेक्रममा विश्वभर करिब २५९ जनाको ज्यान गएको उल्लेख छ । तर सेल्फी लिनेक्रममा सबैभन्दा बढीको मृत्यु भारतमा हुने गरेको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...