भेनेजुएलामा मादुरो सरकारले प्रदर्शनकारीमाथि गाडी कुदायो (भिडियो)

काराकास । भेनेजुएलाका विपक्षी नेता जुआन गुआइडोले आफ्ना समर्थकहरुलाई बुधबार पनि सडकमा प्रदर्शन गर्न आह्वान गरेका छन् । मंगलबारको प्रदर्शन तनावपूर्ण भएपछि उनले बुधबारको लागि पनि प्रदर्शनका लागि आह्वान गरेका हुन् ।

मंगलबारको प्रदर्शनको राष्ट्रपति निकोलास मादुरोले प्रतिवाद गरेका थिए । मादुरो प्रशासनले प्रदर्शनकारीलाई बख्तरबन्द गाडी प्रयोग गरेर प्रदर्शन गरिरहेको स्थानमै कुदाएको दृश्यसहितका कतिपय भिडियोसमेत सार्वजनिक भएका छन् ।

तर प्रदर्शनकारीलाई केही भए वा नभएको भिडियो प्रष्ट देखिँदैन । मादुरोले टेलिभिजननमा सम्बोधन गर्दै गुआइडो पक्षले सानो समूहमा प्रदर्शन गरेको तर उनी असफल भएको बताएका थिए । 

अमेरिकी विदेशमन्त्री माइक पम्पेओले भने मादुरो मंगलबार क्युवातर्फ भाग्न लागेको भएपनि रसियाले रोकेको सीएनएनसँगको कुराकानीमा बताएको बीबीसीले उल्लेख गरेको ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...