जापान सम्राट आकिहितोद्वारा राजगद्दी परित्यागको घोषणा

टोकियो ।  जापानमा सम्राट आकिहितोले मङ्गलवार राजगद्दी परित्याग गरेको घोषणा गरेका छन् ।जापानी समयानुसार अपराह्ण आयोजित एउटा समारोहमा ८५ वर्षीय आकिहितोले सम्राटका रूपमा आफ्नो अन्तिम भाषण गरे ।

दुई सय वर्षपछि पहिलो पटक जापान सम्राटले स्वेच्छाले पदत्याग गरेका हुन् । यसअघि टोक्योस्थित राजभवनमा गद्दीत्यागको विधि परम्परागत रूपमा सुरु भएको थियो । राजभवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीलगायत ३३० जना विशिष्ट व्यक्तिहरू उपस्थित थिए ।

पानी परिरहेको भए पनि टोक्योस्थित दरबारबाहिर धेरै मानिसहरू जम्मा भएका थिए । बुधवार बिहान युवराज नारुहितोले क्रिसन्थेमम गद्दी भनेर प्रख्यात जापानी राजसिंहासन सम्हाल्नेछन् । जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन ।

तर उनी राष्ट्रिय प्रतीकका रूपमा चिनिन्छन् । मङ्गलवार बिहान गोप्य रूपमा सम्पन्न विधिमा उनले आफ्नो पूर्वजहरूलाई गद्दी परित्याग गर्न लागेको बताएका थिए । आफ्नो अन्तिम भाषणमा सम्राट आकिहितोले जापान तथा विश्वमा शान्ति र समृद्धि होओस् भन्ने कामना गरे ।

उनले भने, मलाई प्रतीकका रूपमा स्वीकार र समर्थन गरेकोमा म जनताप्रति धेरै कृतज्ञ छु । साम्राज्ञीसहित म हृदयदेखि नै रेवा युग शान्त तथा फलदायी होस् भन्ने कामना गर्छु । अनि म हाम्रो देश तथा विश्वका जनताको कल्याण र सुखका लागि प्रार्थना गर्छु ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...