चरिकोट कारागारभित्रै थुनुवाले गरे झुण्डिएर आत्महत्या

दोलखा । दोलखामा एक ब्यक्तिले कारागारभित्रै झुण्डिएर आत्महत्या गरेका छन् । जिरी नगरपालिकाका–९ ठुलोपातल घर भएका ३५ वर्षीय तस्बिर तामाङले कारागारको शौचालयभित्रै झुण्डिएर आत्महत्या गरेका हुन् ।

तामाङलाई जिल्ला प्रहरी दोलखाले आफ्नै ३३ वर्षीया श्रीमती राममाया तामाङको हत्या गरेको अभियोगमा पक्राउ गरेको थियो । गत पुस ५ गते दोलखा जिल्ला अदालतले तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । चरिकोट कारागारमा एकपछि अर्को गर्दै आत्महत्याको घटना दोहोरिन थालेको छ ।

यस्तै गत माघमा पनि आफ्नै श्रीमती हत्या अभियोगमै कारागारमा रहेका एक युवकले पनि आत्महत्या गरेका थिए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...